‘क्याप्टेन’ लोक फ्लेवर गीतमा निरुतासँग अनमोल र भुवनको ठुम्का (फोटो फिचर)


सेलिब्रेटी नेपाल

काठमाडौँ: अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’को लोक फ्लेवरको एक गीतको छायांकन सोमबार ललितपुर स्थीत एक पार्टी प्यालेसमा गरिएको छ । चारैतिर बत्तीको झिलिमिली ‘इशान’ लेखिएको ११ नम्बरको फुटबल ड्रेस लगाएर केही यूवाहरु बलसँग खेल्दै थिए । त्यही विचमा उभिएका थिए नायक अनमोल केसी उर्फ इशान खड्का ।

अनमोललाई फुटबलसँग खेलिरहेको देख्दा लाग्थ्यो, उनले हरि खड्काको प्रशिक्षणमा फुटबलसँग अभ्यस्त भएका छन् । ‘कर्ली कर्ली’ बोलको गीतको छायांकनमा अनमोल केसी मात्र आकर्षणमा थिएनन् । उक्त गीतमा अनमोलका पिता तथा नायक भूवन केसी र अभिनेत्री निरुता सिंहलाई पनि दर्शकले हेर्न पाउनेछन् । एसडी योगीको शब्द तथा संगीत रहेको गीतमा गायिका मेलिना राई र एसडी योगीको स्वर छ । यो गीतको भिडियोमा रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी छन् ।

भूवन केसी र अनमोल केसीको जिस्क्याइमा रमाइरहेकी नायिका निरुता सिंहलाई यो गीतमा नृत्य गर्दा बेग्लै आनन्द लागिरहेको थियो । माघ महिनाको जाडोमा रातभर छायांकन गर्दा पनि निरुता थाकेकी थिइनन् ।

चलचित्रमा अनमोल केसीका अलवा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, सरोज खनाल, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको सिनेमामा सुदिप बरालको छायांकन छ । यो गीत केही दिनमै रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । कलाकारको पहिरनको डिजाइन स्वर्णिम राइले गरेकी हुन् । चलचित्र फागुन १७ गते बाट देशब्यापी प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.