बरिष्ठ कलाकार बीएस राणाको निधन


सेलिब्रेटी नेपाल

काठमाडौँ : बरिष्ठ कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौंको टिचिङमा निधन भएको हो । उनी ७८ वर्षका थिए । श्री ३ पद्मशम्शेर जबराका नाती बीएस राणाको पूरा नाम बेदेन्द्रशम्शेर जंगबहादुर राणा हो । उनले पाँच दर्जनजति नेपाली चलचित्रमा काम गरेका थिए ।

बहुआयामिक व्यक्तित्वका धनी उनले लामो समय काठमाडौंका धेरै स्कूल र कलेजमा अंग्रेजी शिक्षक एवं प्रधानाध्यापक भएर बिताए । उनले बेलायतबाट एमबीए गरेका हुन् । उनको बाल्यकाल र युवावस्थाको अधिकांश समय भारतमा बित्यो । उनले अभिनय गरेका चलचित्रमध्ये दक्षिणा, कोसेली, दुई थोपा आँसु, दर्पण छायाँ २, सेतो बाघ, बसन्ती, दासढुङ्गा निकै चर्चित रह्यो । उनका दुइ छोरी र श्रीमती छन् । केहि बर्ष पहिले दुर्घटनामा उनको छोराको निधन भएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.