सलिनमानको ‘यात्रा अ म्युजिकल भ्लग’ को टिजर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: सलिनमान बनिया स्टारर चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ को टिजर सार्बजनिक गरिएको छ राजधानी काठमाडौँमा औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको टिजर सार्बजनिक गरिको हो केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ सम्राट शाक्यले निर्देशन गरेका छन् चलचित्रको कथा निर्देशक शाक्य संगै आशिष रेग्मी, सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातिले लेखेका हुन् । चलचित्रमा संजय लामाको छायाँकन, प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन र शम्भुजित बाँस्कोटा/प्रतिक पौडेल/कोबिद बज्रको संगीत रहेको छ।

चलचित्रमा सलिन संगै सलोन बस्नेतको पनि मुख्य अभिनय रहेको छ । सलिन र सलोन संगै चलचित्रमा जाहन्वी बस्नेत, रियर राई, प्रेक्षा बज्राचार्य, मलिका महत, बिशाल कटुवाल, धिरेन शाक्य, राजराम पौडेल, जयनन्द लामा, समृद्दी राई, जुन छ्यांग (चिन), बोबी (केन्या), योगेश जंग कुँवर, राजेश बिसुरल, आईपी आचार्य, नानीकाजी डंगोल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा र बालकलाकारमा अंकित संग्रौला, एन्जल राईको अभिनय रहेको छ । बिक्रम पराजुली,राम शरण घिमिरे र मुक्ति तिम्सिना सह निर्मातामा रहेका छन् । चलचित्रको कार्यकारी निर्माता सर्जु मान लिगल रहेका छन् । चलचित्र चैत्र २९ गतेबाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.