धुर्मुस-सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा


सेलिब्रेटी नेपाल

काठमाडौँ : धुर्मुस-सुन्तली फाउण्डेसनले करीब ३ अर्ब लागतमा चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । भरतपुर महानगरपालिकाले भरतपुर- १६ मा २० बिगाह ८ कठ्ठा जग्गा उपलब्ध गराएपछि बिहीवार राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरी रंगशाला निर्माणको घोषणा गरिएको हो । उक्त जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गर्दै आएको थियो ।

निर्माण घोषणा कार्यक्रममा फाउण्डेसनका सीताराम कट्टेल धुर्मुसले नेपाली मौलिकतासहित ३० हजार दर्शक अट्ने रंगशाला निर्माण गर्ने घोषणा गरे । फाउण्डेसनले साढे २ वर्षभित्र रंगशाला निर्माण गरिसक्ने लक्ष्य राखेको छ । फाउण्डेसनले लगानी भने नेपालीहरूबाटै सहयोग स्वरूप संकलन गर्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.