‘कागजपत्र’ को पहिलो गीत माया संसार सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘कागजपत्र’ को पहिलो गीत सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समाबेश माया संसार बोलको गीत भिडियो सार्बजनिक गरिएको हो सार्बजनिक गीतमा स्वर संगीत तथा शब्द हर्कुलस बस्नेतको रहेको छ। चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक लगाएत कलाकारको मुख्य अभिनय रहेको छ। अपिल विष्टले निर्देशन गरेको चलचित्र चैत्र ८ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुति रहेको चलचित्र वल्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण गरिएको हो । चलचित्र सामाजिक कथा बस्तु तथा कमेडीलाइ मिलाएर निर्माण गरिएको छ ।

खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटी निर्माता रहेको ‘कागजपत्र’ मा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासिमिर डिक्शनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.