सुशीलको मायामा सुभेच्छा ‘रणवीर’ नयाँ गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: आगामीशुक्रबार अर्थात् माघ १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रणवीर’ को रोमान्टिक गीत मायामा सार्वजनिक गरिएको छ । गीतमा चलचित्रका दुई कलाकार सुशील सिटौला र सुवेक्षा खड्का फिचर्ड छन् ।

पोखरा तथा आसपासका मनोरम दृश्यमा छायाँकन गरिएको गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ । गीतमा हर्कुलस र प्रविशा अधिकारीले स्वर दिएका छन् । गीतलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् ।

चलचित्रमा सुशील र सुवेक्षासँगै सुपुस्पा भट्ट , प्रशान्त ताम्राकार , टिका पहाडी , नरेश पौडेल , रवी गिरी , भोलाराज सापकोटा , शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ । लेखन तथा निर्देशक गोविन्द सिंह भण्डारीको रहेको चलचित्रको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । चलचित्रलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

चलचित्रमा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।