पूजा र आकाशको ‘सम्हालिन्छ कहिले मन’ घोषणा


सेलिब्रेटी नेपाल

काठमाडौँ: सुदर्शन थापाले निर्देशन गर्ने म्युजिकल लभ स्टोरी चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को औपचारिक घोषणा गरिएको छ । राजधानी काठमाडौँमा औपचारिक कार्यक्रम गर्दै चलचित्र निर्माणको औपचारिक घोषणा गरियो। चलचित्रमा अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ, सोनम तोप्देन,गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको शीर्ष भूमिका रहने छ ।

पूजा र आकाशलाई यसअघि चलचित्र ‘रामकहानी’ मा जोडीका रुपमा देखिएको थियो । चलचित्र ‘सम्हालिन्छ कहिले मन’त्रिकोणात्मक प्रेमकथामा आधारित छ । महेश दवाडीले कथा तयार पार्ने यो चलचित्रका गीतमा कोरियोग्राफी कविराज गहतराजले गर्नेछन् ।

फेब्रुवरी ९ बाट छायांकन गरिने यो चलचित्रलाई बेलायत र नेपालका विभिन्न स्थानमा छायांकन गरिने निर्माण टिमले जनाएको छ । चलचित्रमा अमित बस्नेतको लगानी रहनेछ भने परी राना र अजितकुमार थापा सह–निर्माताका रुपमा छन् । यस्तै कार्यकारी निर्मातामा सनिस खकुरेल छन् ।