‘भिजिट भिसामा’ हरिबंश आचार्य र निरुता सिंह, ‘दाल भात तरकारी’ पहिलो गीत सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘दाल भात तरकारी’ मा समाबेश पहिलो गीत सार्बजनिक गरिवेको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो । मह संचारको ब्यानरमा सुदन केसीले निर्देशन गरेको चलचित्र ‘दाल भात तरकारी’ को सार्बजनीक गीतमा गायक निशान भट्टराई र गायिका अन्जु पन्तको स्वर रहेको छ । शम्भुजित बास्कोटाको संगीत रहेको गीतमा हरिबंश आचार्यको शब्द रचना रहेको छ। सार्बजनिक गीतमा चलचित्रका प्रमुख कलाकार हरिबंश आचार्य,निरुता सिंह,वर्षा राउत,पुष्प खड्का,आंचल शर्मा र राजाराम पौडेल लाइ फिचर्ड गरिएको छ । ‘भिजिट भिसामा’ बोलको सार्बजनिक गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

चलचित्रको कथा, पटकथा र संवाद हरिवंश आचार्यले लेखेका हुन् । किरण केसी प्रस्तुतकर्ताका रुपमा रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, पुष्प खड्का, निरुता सिंह, अनुराग कुँवर, शिशिर वाङ्देल, आँचल शर्मा लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । चलचित्रमा समावेश ३ वटा गीतमा शम्भुजित बास्कोटाले संगीत भरेका छन् । चलचित्र २०७६ वैशाख १३ गतेबाट प्रदर्शनमा ल्याउने निर्माण टिमको योजना रहेको छ । दाल भात तरकारी खानकै लागि मानिसले गर्ने संघर्षलाई हाँस्यरसमा यो चलचित्रले उठान गर्नेछ।