आयुष्मान र शिल्पाको ‘सानो मन’ शुभ मुहूर्त


सेलिब्रेटी नेपाल

काठमाडौँ: अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहने चलचित्र ‘सानो मन’ को शुभ मुहूर्त गरिएको छ । केही दिन अगाडि राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको चलचित्रको बिहीवार काठमाडौंको कमलादी स्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको हो ।

मुहूर्तसँगै चलचित्रको छायांकन पनि सुरु भएको छ । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने लचित्रमा हङकङ निवासी सुयोग गुरुङको निर्देशन रहनेछ । म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने चलचित्रका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको चलचित्रमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । आलोक शुक्लाले चलचित्र खिच्नेछन् ।

समिर सुनवार र निर्देशक गुरुङको लेखनमा बन्न लागेको चलचित्रमा साजन सिंहको कोरियोग्राफी रहनेछ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ‘पर्सनल ट्रेनर’ हुन् । चलचित्रमा सुयोग सोताङको संगीत रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.