‘कप्स’ बनेका अनुप चैत्र ८ गते बाट सिनेमा घरमा


सेलिब्रेटी नेपाल

काठमाडौँ: सम्राट सापकोटाको निर्देशनमा बनेको चलचित्र ‘कप्स’ को प्रदर्शन मिति लक गरिएको चलचित्र चैत्र ८ गतेबाट प्रदर्शनमा आउने निर्माण टिमले आधिकारिक जानकारी दिएको छ । राम शाक्यको प्रस्तुति रहेको चलचित्रमा अनुप विक्रम शाही, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री , पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु बिक्रम थापा,अनुपमा भण्डारी, रोशन सुबेदी लगायतले अभिनय गरेका छन् ।

आर्या मुभिज र सारा श्री मुभिजको निर्माणमा बनेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन,अष्ट महर्जनको द्वन्द, कविराज गहतराज र शिशिर खातीको नृत्य, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत रहेको छ ।