ज्योतिष हरिहरको ‘शुभलभ’ कृष्टिन (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘शुभलभ’को पहिलो गीत सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ बोलको सार्वजनिक गीतमा चलचित्रका मुख्य दुई पात्र युवा ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेललाई फिचर्ड गरिएको छ ।

सार्वजनिक गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । निशान भट्टराई र मिना सिंहले गीतमा स्वर दिएका छन् । उक्त गीतमा हरिहर अधिकारी र क्रिस्टिन पैडेललाई कोरियोग्राफर रामजी लामिछानेले नचाएका हुन् । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।

‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । चलचित्र चैत्र १५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।