सामाजिक कथा ‘सयकडा दश’ सबैले हेर्न मिल्ने


सेलिब्रेटी नेपाल

काठमाडौँ : मनोज गजुरेल स्टारर ‘सयकडा दश’ ले चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ । चलचित्रको प्रदर्शन लम्बाइ २ घन्टा १० मिनेट सीमित गरिएको छ । निर्देशक रामशरण पाठकले सेन्सर बोर्डबाट प्राप्त प्रारम्भिक प्रतिक्रिया उत्साहजनक रहेको बताए । सबै दर्शकका लागि हेर्न सिफारिस गर्दै सेन्सर बोर्डले विश्वव्यापी सर्टिफिकेट (यु) दिलाएको हो ।

दर्शन नेपाल क्रियसन र डिआर म्युजिक एण्ड ट्रेडिङको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता कलाकार राजाराम पौडेल हुन् । ‘सयकडा दश’मा उत्तम खत्री, डिआर उपाध्याय र संजीव न्यौपानेको लगानी रहेको छ । भने चलचित्रमा मनोज निरौला, बलकृष्ण घिमिरे र साजन थापा सह निर्माताको रुपमा रहेका छन् ।

रज्जु प्रधानको प्रस्तुतीमा निर्माण भएको चलचित्रबाट बरिष्ठ हाँस्य कलाकार मनोज गजुरेल, करुणा श्रेष्ठ, सोनिया राई, उत्तम न्यौपाने लगायतका कलाकारले डेब्यु गर्दैछन् । ‘सयकडा दश’ अमृत ढुगांनाका अलवा राजराम पौडेल, अमित पोखरेल, रवि डंगोल, रश्मी भट्ट, एनबी गुरुङ, टंकराज आचार्य, प्रसिद्ध थापा, मानश्वी निरौला लगायतका कलाकारको पनि अभिनय रहेको छ । ‘सयकडा दश’मा रज्जु प्रधानको कथा, निर्देशक रामशरण पाठकको पटकथा तथा संवाद, कल्याण सिंह र जुगोल डंगोलको संगीत, रामेश्वर कार्कीको छायांकन, बनिष शाह र भुपेन्द्र अधिकारको सम्पादन रहेको छ । चलचित्र माघ १८ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।