‘रणवीर’ टिम चितवनमा


सेलिब्रेटी नेपाल

काठमाडौँ : निर्माणको समय देखि नै चर्चामा रहेको चलचित्र ‘रणवीर’ ले प्रदर्शन मिति नजिकिदै गर्दा मोफसल टुरलाई अगाडी बढाई रहेको छ । माघ १८ गतेबाट प्रदर्शनमा आउने चलचित्रले मोफसल टुर अन्तर्गत मंगलवार चितवनका सञ्चारकर्मीसँग भेटघाट गरेको छ । चलचित्रका निर्माताद्वय गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी , कलाकारहरुमा नरेश पौडेल , सुशील सिटौला , सुबेक्षा खड्का र सुपुस्पा भट्टले सञ्चारकर्मीसँग साक्षात्कार गरेका हुन् । सुशीललाई नै ‘रणवीर’ बनाउनुको कारण र सुबेक्षाले डेब्यु चलचित्र ‘रणवीर’ नै रोज्नुको कारण बारे स्थानीय सञ्चारकर्मीले प्रश्न राखेका थिए ।

पत्रकार सम्मेलनमा सुपुस्पाले पनि चलचित्र डेब्युलाई प्रस्ट्याइन । साउथ इण्डियन फिल्म टिममा समेत काम गरिसकेका गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा टिका पहाडी , रवी गिरी , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ । सन् २०१२ कि मिस इन्टरनेशनल सुबेक्षा खड्का पनि यसै चलचित्रबाट डेब्यु गर्दैछिन । चलचित्रका ‘रणवीर’ अर्थात सुशील सिटौलाले आफुले कडा मेहनत गरेको बताए ।

प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।