प्रियंका र आयुष्मानको ‘प्रेम-दिवस’ पहिलो गीत सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘प्रेम-दिवस’ को ‘तिम्रो छेउ सरु कि म’ बोलको गीत सार्वजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माण टीमले गीत सार्वजनिक गरेको हो। चलचित्रमा प्रियंका कार्की र आयुषमान देशराज जोशीको मुख्य भूमिका रहेको छ । चलचित्र म्युजिकल लव स्टोरी रहेको निर्देशक घिमिरेले बताए ।

अन्जु पन्तको अवाजमा रहेको गीतमा महाराज थापाको शब्द,संगीत रहेको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोलाइ सुन्दर लोकेसनमा छायांकन गरिएको छ । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन, सत्यम राना र अच्युत बजगाईको भिएफएक्स छ ।

जेठ ३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, संजय न्यौपाने, श्रीकृष्ण लुइँटेल, विशाल खरेलको पनि अभिनय रहेको छ। संजय न्यौपाने निर्माता रहेकोचलचित्रका सह-निर्मातामा रमेश चौधरी र उत्सव ढकाल छन् ।