चार्टर एकाउन्टकि विधार्थी ‘रणवीर’ सुन्दरी सुपुस्पा


सेलिब्रेटी नेपाल

काठमाडौँ: पछिल्लो समय नेपाली चलचित्रमा नयाँ अनुहार खोजिने क्रम तिब्र छ भने भित्रिने पनि उत्तिकै छन् । केहिले चलचित्रलाई निरन्तरता दिन्छन त कोहि त्यसै हराउछन । यसवर्ष पनि थुप्रै नयाँ अनुहारले चलचित्रनगरीमा आफुलाई प्रवेश गराएका छन् । ति मध्यकि एक हुन् , सुपुस्पा भट्ट । उनि चलचित्र रणवीर मार्फत चलचित्रनगरीमा डेब्यु गदैछिन् ।

चार्टर एकाउन्टकि विधार्थी भएता पनि उनलाई चलचित्रमा आउने रहर थियो । ‘अडिसन मार्फत नैचलचित्रमा चयन भएकी हु’ सुपुस्पा भन्छिन् ‘सानै देखि चलचित्रमा आउने चाहना थियो , रणवीरलाई फिमेल क्यारेक्टर चाहिएको छ भन्ने थाह पाएपछि अडिसनमा पुगेर सेलेक्ट भएकी हु ।’

‘चलचित्रनगरिलाई मैले रणवीर मार्फत नै सिके र बुझ्दैछु’ उनले आफुले पाएको मौकालाई खेर जान नदिएको बताउछिन । किनकी उनले सोचेकी थिइन् , यति छिटै चलचित्रमा आफुलाई पाउछु भनेर । ‘निकै राम्रो टिम पाएको छु , सपोटिभ हुनुहुन्छ , सिकाउनु हुन्छ , बुझाउनु हुन्छ’ उनि भन्छिन् ‘मलाइ घरबाट पनि निकै सपोर्ट गर्नु हुन्छ ।’ उनि सिएको विधार्थी भएपनि उनलाई घरबाट पूर्ण सपोर्ट छ । चलचित्रको सार्वजनिक सामाग्री गीत र ट्रेलरमा देखिदा नै उनलाई म्युजिक भिडियो , एड तथा केहि चलचित्रको अफर आइसकेको छ , तर उनि रणवीरको रिजल्ट कुर्दैछिन् । ‘मलाइ कस्तो रुपमा लिनु हुन्छ दर्शकले भन्ने लागिरहेको छ’ सुपुस्पा भन्छिन् ‘रणवीर रिलिजपछी मात्र अन्य प्रोजेक्टमा जोडिन्छु ।’

यसै चलचित्र मार्फत उनिसँगै सन् २०१२ कि मिस नेपाल इन्टरनेशनल सुबेक्षा खड्का पनि डेब्यु गर्दैछिन् । चलचित्रमा सुशील सिटौला शिर्ष भूमिका अर्थात रणवीरको भूमिकामा छन् । यसमा प्रशान्त ताम्राकार टिका पहाडी , नरेश पौडेल , रवी गिरी, हरिहर शर्मा ,जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको अभिनय रहेको छ ।

चलचित्रलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.