‘नपिऊँ आज’ भन्दै सत्यराज (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौं: गायक सत्यराज आचार्यको नयाँ गीत ‘नपिऊँ आज’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मदिरा पिएर घर पुगेपछि श्रीमतिको अगाडि बहाना बनाएको दृश्य देखाइएको छ ।

गीतमा नविन पौडेलको शब्द र सत्य–स्वरुपको संगीत रहेको छ । आमोस तामाङले गीतमा एरेन्ज गरेका छन् । निरज श्रेष्ठ र कुसुम थापाले फिचरिङ गरेको गीतमा दिव्य सुवेदीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र बसन्त निरौलाको निर्देशन छ । भिडियोका निर्माता कमल क्षेत्री हुन् ।