वेब सिरिज ‘माइ बेस्ट फ्रेन्ड’ को इन्ड क्ल्याप


सेलिब्रेटी नेपाल

काठमाडौँ : प्रविधिको विकास संगै नेपाली कला क्षेत्रले पनि फड्को मार्दै आएको छ । कुनै बेला सिरियल हेर्नको लागि टेलिभिजनको समय कुर्नु पर्थ्यो । अहिले यु ट्युबको लागि नेपाली वेब सिरिजहरु थुप्रै बन्ने गरेका छन् । यसै क्रममा साकेवा मुभिजले निर्माण गरेको वेब सिरिज ‘माइ बेस्ट फ्रेन्ड’को इन्ड क्ल्याप एक समारोहको साथ गरिएको छ । बिर्तामोड स्थित होटेल हेभनमा साकेवा मुभिजका संस्थापक ज्योतिराज राइको प्रमुख आतिथ्यतामा वेब सिरिज ‘माइ बेस्ट फ्रेन्ड’को इन्ड क्ल्याप गरिएको हो । उक्त कार्यक्रममा सिरिजका सम्पूर्ण कलाकार तथा प्राबिधिक हरुलाई प्रशंशा पत्र वितरण पनि गरिएको छ ।

उक्त सिरिज यु ट्युबमा २५ भाग सम्म आइसकेको छ । रमु श्रेष्ठ राई तथा द इस्टर्न मिडियाको निर्माण रहेको सिरिजलाई किरण राईले निर्देशन गरेका हुन् । सिरिज ‘माइ बेस्ट फ्रेन्ड’ मा भुवन सिंह राई,रोस्मिता श्रेष्ठ ,सारा राई,सागर थापा मगर,प्रयास घिमिरे ,सलिना गुरुङ ,सुरेस राई ,मेघा लिम्बु ,स्मृति पोख्रेल ,बिबेक बिष्ट ,अनुप राई,रमेश बुढाथोकी लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

किरण राइको कथा ,प्रयास घिमिरे र भुवन सिंह राइको पटकथा ,छायांकन सम्पादन र निर्देशन किरण राईको रहेको सिरिजलाइ युवा दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन् । बिर्तामोडमा रहेको द इस्टर्न मिडियाले लघु चलचित्र,म्युजिक भिडियो,वेब सिरिज संगै ठुलो पर्दाको चलचित्र पनि निर्माण गरि सकेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.