निर्देशक समाजका महासचिब दिनेश डी सी ले राजिनामा दिया पश्चात आज बसेको समाजको कार्यसमितिको पूर्ण बैठकले डिसि को राजिनामालाई पास गर्दै सो पदको जिम्मेवारी सचिव एम.एस अग्रजलाई दिएको छ भने सचिवको जिम्मेबारी श्याम भट्टराईलाई दिएको छ । बैठक पश्चात समाजले जारी गरेको प्रेस विज्ञप्तीमा सदस्य गोपाल चन्द्र लामिछानेलाई सह–कोषाध्यक्षको जिम्मेवारी दिईएको उल्लेख गरिएको छ भने निश्चल बस्नेत, राम ब खत्री र महिला निर्देशक दीपा बस्नेतलाई पनि मनोनित गरेर कार्यसमिति सदस्य बनाईएको छ ।