‘जिस्म-२’ डबिंग सकियो

सेलिब्रेटी नेपाल

काठमाडौँ : राजु गिरि प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘जिस्म-२’ डबिंग सकिएको छ डबिंग सकिए संगै चलचित्रको प्रदर्शन मिति पनि फाइनल गरिएको छ चलचित्र बैशाख २० गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ निर्देशक गिरिका अनुसार अब छिट्टै चलचित्रको प्रोमोसन म्याटरहरु पनि सार्बजनिक गरिने छ चलचित्र ‘जिस्म-२’ मा रमेश विश्वकर्मा, नमिता खड्का, सूरबिर पण्डित, शारदा गिरी, मदन सिटौला, सुधन धिताल, रिचर्ड रसाईली, प्रज्वल भित्रीकोटी, सुचीन्द्र परियार, रोशन थापा लगाएत कलाकारको अभिनय रहेको छ। चलचित्रमा संगीत योगेश काजि, लक्ष्मण पौडेलको रहेको छ भने द्वन्द अशोक खड़काको रहेको छ चलचित्रको निर्माता राजेन्द्र बिक हुन्।