प्रियंका कार्की र अर्पण बने श्रीमान श्रीमती


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘अनागत’ युनिटले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र बारे जानकारी गराएको छ । मनोविज्ञानमा आधारित चलचित्रले एक परिवारको कथा बोल्छ । चलचित्रमा अर्पण थापा , प्रियंका कार्की , प्रविन खतिवडा , रोसिन सुबेदी लगायतको अभिनय रहेको छ ।चलचित्रमा प्रियंका कार्की र अर्पण थापाले श्रीमान श्रीमतीको भूमिका निभाएका छन् ।

सस्पेन्स थ्रिलर श्रेणीमा बनेको चलचित्रलाई माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयमले संयुक्त रुपमा निर्माण गरेका हुन् । ‘यस चलचित्रले तपाइलाई एउटा घटना र अवस्था देखाउछ तर यसमा कमर्सियल तत्व भने छैनन्’ निर्देशक भुटिया भन्छन ‘एउटा फरक कथालाई हेर्न चाहनु हुन्छ भने मात्र अनागत तपाइको लागि उपयुक्त चलचित्र हो ।’चलचित्रलाई सिसन बानियाँले खिचेका हुन् भने रंजित मानन्धरले सम्पादन गरेका छन् चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथा लेखेका हुन् । चलचित्र माघ ११ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
विशेष संवाददाता: सुशील नेपाल

सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2024 | All Right Reserved.