‘पुरानो बुलेट’ को पहिलो प्रदर्शन हङकङमा


सेलिब्रेटी नेपाल

काठमाडौँ : अनुपबिक्रम शाही र वर्षा शिवाकोटी स्टारर चलचित्र ‘पुरानो बुलेट’ को पहिलो प्रदर्शन हङकङमा हुने भएको छ। निर्माण पक्षले दिएको जानकारी अनुसार चलचित्रको प्रिमियर फेब्रूवरी २३ मा हङकङको याउमातेईस्थित कम्युनिटी हलमा हुनेछ। हाल पोस्ट प्रोडक्सनको अन्तिम काममा रहेको चलचित्र नेपालमा भने चैत्र १ गते बाट प्रदर्शनमा आउने छ । ‘हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ चलचित्रको प्रदर्शन हुन लागेको जानकारी निर्देशक भीषण राईले दिएका छन्।

चलचित्रमा अनुपबिक्रम, बर्षा शिवाकोटी र माला लिम्बु, कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । उत्तमजंग लिम्बुको संगीत,प्रशान्त तामाङको कोरियोग्राफी रहेको चलचित्रको कथा तथा पटकथा पनि निर्देशक भिषणको नै हो । कार्यकारी निर्माता सन्तोष राई रहेको चलचित्र ‘पुरानो बुलेट’लाई अशोककुमार राई, टिकाराम राई, बिरेन साम्बा, दिपेन लिम्बुले संयुक्त निर्माण गरेका हुन् ।