‘आरुशी’ को छायांकन सकियो नयाँ बर्षमा प्रदर्शनमा आउने


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘आरुशी’ को छायांकन सकियको छ पुराना एवं पाका निर्देशक उदय सुब्बाको निर्देशन रहेको चलचित्रको छायांकन ३५ दिनमा सकिएको हो। प्रदेश नं १ का बिभिन्न रमणिय स्थानहरुमा चलचित्रको छायांकन गरि निर्माण यूनिटले छायांकन प्याकअप गरेको छ । पूर्वको चैनपुर, ताप्तेजुङ , संखुवासभाको गुफा पोखरी , झापा , धनकुटा र इलामका मनमोहन स्थानमा चलचित्रको छायांकन गरिएको निर्देशक उदय सुब्बाले जानकारी दिए ।

त्रिकोणात्मक प्रेमकथा बोकेको चलचित्र ‘आरुशी’ बाट रमा लिम्बु र इशक राइले डेब्यू गर्दैछन्। चलचित्रमा कला राइ, रमा लिम्बु , इशक राइ, सुनिल थापा, दमन रुपाखेति , सुरबिर पण्डित, राम चन्द्र अधिकारी, भुपेन्द्र लिङदेन, उदय सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका गीतमा ताराप्रकाश लिम्बु र बिकाश चौधरीको संगीत रहेको छ भने कमल राइ र दिनेश पाख्रिनको कोरियोग्राफि रहेको छ ।

द्धन्द निर्देशन राजु किरातिले गरेका छन् भने चलचित्रलाइ सहारा प्रधान , बिरु गुरुङ र केशब कुमार श्रेष्ठको संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्र नयाँ बर्ष २०७६ को अवसरमा प्रर्दशनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.