पलको ‘हृदय भरी’ बाट श्रद्दाको डेब्यु


सेलिब्रेटी नेपाल

काठमाडौँ: सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा चलचित्र ‘हृदय भरी’ निर्माण हुने भएको छ राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा गरिएको छ । प्रेम कथामा बन्ने चलचित्रमा पल शाह, निर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुँवर, निर्मल शर्मा , सलोन बस्नेत , रेखा लिम्बु , मनोज केसी , कविता रेग्मी , अभिदिथ खाती , बिके श्रेष्ठ , दिपक गजमेर , प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ , आयुषमान घिमिरे, सुमन श्री लगायतको अभिनय रहनेछ । यसै चलचित्र मार्फत श्रद्धा छेत्री नेपाली चलचित्रमा डेब्यु गर्दैछिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिने मोडल हुन् ।

चलचित्रलाई एन फिल्मस् एण्ड क्रिएशन , शाह प्रोडक्सन प्रा.लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्दैछन् । त्रिकोणात्मक प्रेम कथामा निर्माण हुने चलचित्रमा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् ।

चलचित्रमा मानकृष्ण महर्जनको छायांकन , अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत , कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , केदार भुषालको लेखन , बिपिन मल्लको सम्पादन रहने छ । चलचित्रमा प्रोडक्शन डिजाइनर अरुण रेग्मी र प्रोडक्शन म्यानेजर अर्जुन पोखरेल रहेका छन् भने यसलाई उपत्यकामा सुनिल मानन्धर र मोफसलमा केदार पराजुलीले वितरण गर्नेछन । चलचित्रको छायाँकन फागुनको तेस्रो साताबाट सुरुहुने छ ।