साम्राज्ञी र पुष्पको ‘मारुनी’ भाद्र १३ गते बाट प्रदर्शन हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ: साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर चलचित्र ‘मारुनी’ को प्रदर्शन मिति फाइनल गरिएको छ । पुनम गौतमले निर्माण गरेको दोस्रो चलचित्र ‘मारुनी’ भाद्र १३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । सिनेमा निर्माण युनिटले बुधबार वितरणका लागि एफडी कम्पनीसँग सम्झौता गर्दै प्रदर्शन मिति फाइनल गरेको हो ।

नवल नेपालले निर्देशन गरेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेबिका गुरुङको मुख्य भुमिका रहेको छ । उनीहरुका अलावा चलचित्रमा सुनिशा श्रेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइ लगायतका कलाकारको पनि अभिनय रहने छ ।

दुई सुन्दर युवतीको कथा चलचित्रले बोल्ने छ चलचित्रको छायाँकन माघको दोस्रो साताबाट सुरु बताईएको छ । चलचित्रको नाम ‘मारुनी’ राखिएता पनि यो टाइटलले नाचसँग कुनैपनि सरोकार नराख्ने निर्देशक नवलको भनाई छ ।‘मारुनी’मा नवल नेपालको कथा, गोबिन्द फुँयाल र नवल नेपालको पटकथा तथा संवाद, अर्जुन पोखरेल र कृष्णराज काफ्लेको संगीत, सञ्जय लामाको छायाँकन रहने छ ।