‘पिरतीको मिठो तिर्सना’ भन्दै पल,वर्षा र नाजिर जोमसोममा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘विर विक्रम २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समाबेश ‘पिरतीको मिठो तिर्सना’ सार्बजनिक गरिएको हो मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रको सार्वजनिक गीतमा पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेनलाई फिचर्ड गरिएको छ । सार्बजनिक गीतमा रञ्जीत गजमेरको संगीत रहेको छ । सार्बजनिक गीतमा जोमसोमका सुन्दर दृश्यहरु कैद गरिएको छ ।

पुरानो चलचित्र ‘देउता’ को सुपरहिट गीतको शब्द निर्देशक तुलसी घिमिरे र कुसुम गजमेरले लेखेका हुन् । यो गीतको ओर्जिनल भर्सनमा भारती घिमिरे र इन्द्रजित मिजारको स्वर रहेको छ भने रिमेक भर्सनमा ताराप्रकाश लिम्बु र मेलिना राईको स्वर रहेको छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको चलचित्रमा अर्पण सापकोटा सह निर्माता रहेका छन् । चलचित्रमा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ । चलचित्रको प्रदर्शन मिति भने सार्बजनिक गरिएको छैन ।