सिन्चुरी सुरेश घमालको एकल रचनामा गीति एल्बम ‘शब्द रचना’ सार्बजनिक

सेलिब्रेटी नेपाल

काठमाडौँ : नेपाली गीत संगीतको बजार हराउदै गए पनि नेपाली गीत संगीतहरु बन्ने क्रम भने घटेको छैन नयाँ नयाँ सर्जकहरु आफ्नो शृजनाहरु सार्बजनिक गर्न लागि नै परि रहेका छन् । गीतकार सिन्चुरी सुरेश घमालको एकल रचनामा गीति एल्बम ‘शब्द रचना’ सार्बजनिक गरिएको छ । नयाँ बर्षको शुभारम्भ संगै उक्त एल्बम सार्बजनिक गरिएको हो । केहि बर्ष अघि सार्बजनिक र दर्शक श्रोताको मनमा बस्न सफल गायक शिब परियारको आवाजमा रहेको ‘सबैले मलाई घृणा गरे पनि’ गीत सहित एल्बममा ११ वटा गीत समाबेश गरिएको छ ।

एल्बममा समाबेश गीतहरुमा संगीतकार दिपक शर्मा,निम संगीत,कुमार गुरुङ,पुरुसोत्तम न्यौपानेको संगीत रहेको छ । आधुनिक गीतहरु समाबेश एल्बमका गीतमा गायक शिब परियार,प्रमोद खरेल,स्वरुप राज आचार्य,कुमार गुरुङ,पुर्णिमा लामा,सुधा रत्न,रारा अधिकारी ढुंगेल,रेक्स गुरुङको स्वर समाबेश छ । आजभोली संगीत किनेर सुन्ने अवस्था नभए पनि आफ्नो शृजनाहरुलाइ लुकाई राख्न भएन त्यसैले एकल एल्बम सार्बजनिक गरेको गीतकार सुरेश बताउछन् ।