प्रल्हाद्को गाला रातै


 

(सेलिब्रेटी नेपाल) १४ फ़गुन-प्रल्हाद तिमल्सिना अचेल चलचित्रका गीत गायनमा रमाउन  थालेका छन् । प्रल्हाद्को स्वर रहेको गाला रातै अचेल निकै चर्चित हुन थालेको छ ।  यो गीत संगै गायक प्रल्हादले पार्श्व गायनमा सम्भावनाको ढोका खोलेका छन् । सानै देखि गायनमा   रुचि भयका प्रल्हादले केहि समय अघि महक  नामक गीति एल्बम बजारमा ल्याई सकेका छन् । संगीतकार बसन्त सापकोटाले गायक प्रल्हादमा निकै राम्रो सम्भावना देखेर यो गीत गाला रातै प्रल्हादलाई सुहाउने देखेर उनको आवाजमा रेकर्ड गरायका हुन् । यो गीत रिलिज हना साथ गायक र संगीतकार दुबैले निकै प्रसंशा पाउन थालेका छन्।  यस गीतमा प्रल्हाद लाई गायिका माण्डवी त्रिपाठीले साथ दियकि छिन् । यो गीतमाशब्द राजेन्द्र थापाको  रहेको छ । गीतमा नायक जीवन लुइंटेल तथा नायिका निता ढुंगानाले अभिनय गरेका छन् ।