मलेसियामा ‘तमु फो- ल्होसार सांस्कृतिक कार्यक्रम २०७५’ सम्पन्न


सेलिब्रेटी नेपाल


साजन दाहाल मलेसिया:
तमु समाज मलेसियाको आयोजनामा तमु ल्होसारको अवसरमा मलेसियाको क्वालालम्पुरमा ‘तमु फो- ल्होसार सांस्कृतिक कार्यक्रम २०७५’ सम्पन्न भएको छ। मलेसियाको विभिन्न क्षेत्रमा प्रवासी जीवन बिताइरहेका सम्पूर्ण तमुहरुलाई एकजुट गरि तमु ल्होसारको आयोजना गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली दुताबासका प्रथम सचिब बिनोद मुखिया अतिथिहरुमा बर्ड लाइफ इन्टरनेसनलका एसिया समायोजन विभागका डाक्टर हम बहादुर गुरुङ, आदिबासी जनजाति पत्रकार महासंघ मलेसियाका अध्यक्ष, आदिबासी जनजाति महासंघका सचिब, विभिन्न संघ संस्थाका प्रतिनिधि हरु, स्थानिय नेपाली समाजसेबिहरु, नेपाली ब्यबसायी हरु, स्थानीय नेपाली कलाकारहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

नेपाली राष्ट्रिय धुनबाट सुरुवात भएको उक्त कार्यक्रममा तमुहरुको भेसभुषामा सुसज्जित कलाकारहरुले विभिन्न नृत्य तथा गितहरु प्रस्तुत गरेका थिए । उक्त अवसरमा नेपाली दुताबासका प्रथम सचिब बिनोद मुखियाले तमु ल्होसारको अबसरमा सम्पूर्ण तमुहरुलाई शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागिता जनाउनु भएका बर्ड लाइफ इन्टरनेसनलका एसिया समायोजन विभागका डाक्टर हम बहादुर गुरुङ ज्युले तमुहरुको इतिहास नेपालमा मात्रै नभई भुटान, म्यान्मार, भारत र संसारभरि छरिएर रहेको र सम्पूर्ण तमुहरुले आआफ्मो संस्कृति र भेषभुषा लाइ जोगाउनुपर्नेमा जोड दिनुभएको थियो साथै प्रवासमा रहनुभएका सम्पूर्ण प्रवासी नेपालि दाजुभाइ तथा दिदिबहिनि हरुलाई बिदेशमा काम गरेर फर्कदा आफुले सिकेको सिपलाइ नेपालमै प्रयोग गरेर नेपालमै रोजगारीको अबसर सिर्जना गर्दा कुनै पनि नेपालीले प्रदेशमा आएर दुखकस्ट बेहोर्नु नपर्ने बताउनु भएको थियो ! दिउसो करिब १२ बजे सुरुवात भएको उक्त कार्यक्रममा विभिन्न जातजातिका नेपालि हरुले सहभागिता जनाउनु भएको थियो !

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.