हङकङ निवासी चलचित्रकर्मी राइले मुसहर बस्तीमा न्यानो कपडा वितरण गरे


सेलिब्रेटी नेपाल

काठमाडौँ: विगत लामो समयदेखि हङकङलाई कर्मथलो बनाइरहेका सुन्दरहरैचा नगरपालीका–६, मोरङ निवासी राजु राईले गरिव तथा असहाय परिवारलाई आफ्नो जन्मदिनको अवसर पारेर व्ल्याङकेट कपडा वितरण गरेका छन् । बिगत दुइ दशक देखि हङकङ बसेर नेपाली कला संस्कृति तथा नेपाली चलचित्रलाइ प्रबर्धन र प्रोमोसनमा लागि रहेका राइ लोहोरुङ्ग लाम्सोंग (राजु राइ) ले थुप्रै गीतको शब्द पनि लेखि सकेका छन् । उनले नेपाली साथ साथै भाषा भाषिका गीत पनि रचना गरेका छन् । उनि हङकङमा हुने विभिन्न सांगीतिक कार्यक्रम तथा नेपाली चलचित्र प्रदर्शनीमा सक्रिय छन् ।

द युथ क्लब हङकङको अध्यक्ष,इटहरी मंच हङकङको अध्यक्ष, राई ययोख्खा हङकङको केन्द्रिय सदस्य तथा चलचित्र एसोसिएसन हङकङ को अध्यक्ष रहेका राइ नेपाली कला र चलचित्र क्षेत्रको प्रबर्धन र विकासको लागि निरन्तर लागि परेका छन् ।

राईले आफ्नै जन्मथलोमा रहेको मुसहर बस्तीमा जन्मदिनको अवसर पारेर एक समारोहकाबीच ब्लाङकेट वितरण गरेका हुन । उक्त समारोहमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रिय सदस्य डा. शेखर कोइराला, वडा नं. ६ का वडा अध्यक्ष जिवन राईलगायत स्थानीय समाजसेवी तथा स्थानीयवासीहरुको उपस्थिती रहेको थियो ।

राईले १ सय ५० घर मुसहर बस्तीलाई प्रतिघर ५ वटाका दरले ब्ल्याङकेट वितरण गरेको बताए । ‘आफ्नो जन्मभूमिका गरिव तथा असहाय परिवारलाई थोरै न्यानो भएपनि बाढन पाउदा धेरै खुसी लागेको छ’ राईले भने–‘आगामी दिनमा पनि समाजका लागि यस प्रकारका सहयोग गरि नै रहनेछु ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.