गाई गोठालो बनेका बिपिन दुखि ! गोपी दोश्रो गीत सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ : प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्र ‘गोपी’ युनिटले प्रचार प्रसार लाइ तिब्रता दिएको छ । यही क्रममा सोमबार चलचित्रको दोस्रो गीत सार्बजनिक गरिएको छ । ‘तेरो आफ्नो’ बोलको उक्त गीत शिव परियारले गाएका हुन् । विप्लव प्रतीकले रचेको गीतमा कल्याण सिंहले संगीत भरेका हुन् ।

आरोही इन्टरटेनमेन्ट प्रालिका लागि आरोही केसीले निर्माण तथा दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘गोपी’ आगामी माघ १८ देखि चल्दैछ । यसअघि ‘घामपानी’ निर्देशन गरेका दीपेन्द्रको यो दोस्रो चलचित्र हो । चलचित्रमा स्वावलम्बनको विषय भएको हुनाले तेरो आफ्नो गीतलाई फिल्मको ‘थिम सङ’का रुपमा प्रयोग गरिएको निर्देशक लामा बताउँछन् ।सार्बजनिक गीतमा ‘गोपी’ का मुख्य पात्र विपिन कार्कीले गाई फर्ममा परिश्रम गरिरहेका दृश्यले प्राथमिकता पाएको छ ।

कार्यकारी निर्माता श्रीधर पौडेल रहेको चलचित्रमा सामीप्यराज तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रमा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, रमेश अधिकारी, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याल, कुन्ती सिमाली, हिउँवाला गौतम लगायतको मुख्य भूमिका रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.