कलाको नेपाली चलचित्रमा सम्भावना कति ?


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘मुर्चुङ्गा’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री कला राइ हाल चलचित्र ‘आरुसी’ को छायांकनमा व्यस्त छिन । चलचित्र ‘आरुसी’ पछि उनलाई अर्को चलचित्रको अफर पनि आइ सकेको छ । आगामी फागुनमा छायांकन गर्ने लक्ष्य रहेको चलचित्रको टिम,कास्ट एण्ड क्रु केहि दिनमा सार्बजनिक गरिनेछ। कलाको चलचित्र यात्रा अझै कसरि अघि बढ्ने छ त्यो भोलिका दिनमा नै थाहा हुनेछ ।उदय सुब्बाको निर्देशनमा बनेको चलचित्र ‘आरुसी’ छायांकनको अन्तिम चरणमा पुगेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित भनिएको यस चलचित्रमा इशक राईले डेव्यु गर्दैछन् ।

चलचित्रमा इशक राई, कला राई,रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, दमन रुपाखेती, बिरु गुरुङ, भूपेन्द्र लिङ्देन लगायतका कलाकारको अभिनय रहेको छ । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको चलचित्रमा विक्रम डिसीको छायांकन, बिरु गुरुङको कथा, तारा थापा किम्भेको सम्पादन, राजु किरातीको द्धन्द तथा विकास चौधरी र तारा प्रकाश लिम्बुको संगीत रहेको छ । कमल राई र दिनेश पाख्रिनको नृत्य निर्देशन रहेको चलचित्र आगामी नयाँ वर्षमा प्रदर्शनमा ल्याउने निर्माण टिमको योजना रहेको छ ।