‘बोबी’ सिक्वेल ‘बोबी २: बाँकी कथा’ औपचारिक घोषणा


सेलिब्रेटी नेपाल

काठमाडौँ: रियल स्टोरी रियल जोडी अभिनित चलचित्र ‘बोबी’ को सिक्वेल निर्माण हुने भएको छ । ‘बोबी’ सिक्वेल ‘बोबी २: बाँकी कथा’ को शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि निर्माणको अफिसियल घोषणा गरिएको छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण हुने चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्ने छन् । उमेश थापा र कविता गुरुङको रियिल स्टोरीमा निर्माण भएको ‘बोबी’ले नेपालमा राम्रो व्यापार गरेको थियो । चैत दोस्रो साताबाट छायांकन सुरु हुने चलचित्र ‘बोबी २’मा उमेशको संघर्ष र सफलताको कथामा केन्द्रित हुनेछ । यो चलचित्रमा पनि रियल जोडी उमेश थापा र कविता गुरुङ, विजय लामा एलियास थापा लगायतका कलाकारको मुख्य भुमिका रहने छ ।

पहिलो भागमा अटाउन नसकिएको उमेश र कविताको कथा पनि देखाइने निर्देशक चाम्सले बताए । उनी भन्छन्, ’परिवारको आर्थिक अवस्था कमजोर हुँदा उमेशले बाल्यकालमा गरेको संघर्ष र नर्वे पुगेपछि गरेको संघर्ष र सफलताको कथामा सिनेमा केन्द्रित हुनेछ ।’ नरेश भट्टराई र गिरिराज घिमिरेले संयूक्त रुपमा उमेशको संघर्ष र सफलताको कथालाई पटकथा तथा संवादमा ढालेका हुन् । चलचित्रका ५० प्रतिशत छायांकन नर्वेमा हुनेछ । भने बाँकी सिनेमाको छायांकन पोखरा र काठमाडौंमा हुनेछ । ‘बोबी २’मा सुदीप बरालको डिओपी र नवराज उप्रेतीको छायांकन रहने छ ।