प्राविधिक संघको अध्यक्ष पदमा पुष्कर लामा निर्वाचित


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाल चलचित्र प्राविधिक संघको अध्यक्ष पदमा फेरी पुष्कर लामा निर्वाचित भएका छन् । बुधबार सम्पन्न १५ औं वार्षिक साधारण सभाले लामालाई दोश्रो पटक अध्यक्ष पदमा निर्विरोध रुपमा चयन गरेको हो ।

प्राविधिक संघको कोषाध्यक्ष पदमा सुष्मा पौडेल निर्विरोध रुपमा चयन भएकी छिन् । उपाध्यक्ष पदमा विनोद लामा र अर्जुन प्रसाद पोखरेल विजयी भएका छन् । संघको महासचिव पदमा शालिगराम दुलाल, सचिवमा दिव्यराज सुवेदी विजयी भएका छन् ।

रामेश्वर कार्की, पिताम्बर पाण्डे, शोभा श्रेष्ठ, नवराज उप्रेती, देवराज गुरुङ, कृष्णबहादुर थापा, साहिल खान, दुर्गा प्रसाद पौडेल, सरोज वुढाथोकी, कमलप्रसाद मिश्र र माधव प्रसाद थपलिया सदस्य पदमा विजयी भएका छन् ।