‘जानी नजानी’ को पहिलो गीत सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : बसन्त अधिकारीको डेब्यु निर्देशन रहेको ’जानी नजानी’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो । अर्जुन पोखरेलको संगीत तथा स्वर रहेको गीतमा फिमेल भोकल दुर्गा खरेलको रहेको छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु मनिष सुन्दर श्रेष्ठ र सुमी मोक्तानलाइ फिचर्ड गरिएको छ ।

निरन्तर १८ बर्ष देखि नेपाली चलचित्रमा काम गर्दै आएका अधिकारीले थुप्रै सफल चलचित्रमा मुख्य सहायक निर्देशकको जिम्मेवारी सम्हाली सकेका छन् । पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी निरिशा बस्नेतले ‘जानी नजानी’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछिन ।

चलचित्रमा मनिष सुन्दर श्रेष्ठ, सुमी मोक्तान, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित चलचित्रको कथा , पटकथा तथा संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् ।

चलचित्रमा छायाँकन संजय लामाको रहेको छ अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । चलचित्रमा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । चलचित्रमा मोदनाथ खनाल र सागर काजी मालीको लगानी रहेको छ । चलचित्र चैत्र १ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।