सेलिब्रेटी नेपाल
काठमाडौँ : निखिल उप्रेती, शिल्पा पोखरेल स्टारर चलचित्र ‘भिलेन’को ट्रेलर रिलिज भएको छ । एक्सन जनराको चलचित्रमा पहिलो पटक निखिल र शिल्पाले स्क्रिन शेयर गरेका हुन् । दुवै जना चलचित्रमा मधेसी भूमिकामा प्रस्तुत छन् ।
निखिलले आफुलाई एक्सन स्टारको रुपमा स्थापित गरिसकेका छन् । भने, शिल्पा अघिल्ला केहि चलचित्रमा एक्सन अवतारमा प्रस्तुत भैसकेकी थिइन् । देवेन्द्र पाण्डे निर्देशित चलचित्रमा निखिल र शिल्पाका आलावा निशा अधिकारी, कपिल खत्री पनि मुख्य भूमिकामा छन् । पुष २७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रलाई द ग्लोबल पिक्चर्स प्रालिको ब्यानरमा बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् ।
कपिल खत्रीको प्रस्तुति रहेको चलचित्रमा मौनता श्रेष्ठको लेखन, सौरभ लामा/मदन कश्यप घिमिरेको छायाँकन, मिलन श्रेष्ठ/साहिल खानको सम्पादन, बसन्त सापकोटा/बाबुल गिरी/लाल कुमार बरालको संगीत, शुक्रराज शाहको एक्सन र दीपेन्द्र तिमिल्सिना/दीपक श्रेष्ठको कोरियोग्राफी रहेको छ ।