कालिका एवार्ड सम्पन्न


असोज २७ – चितवनमा वितरण गरिएको आठौं कालिका म्युजिक एवार्ड २०६९ मा गायक प्रमोद खरेलले ह्याट्रिक गरेका छन् । प्रमोदले प्रवेग एल्बमबाट वर्षको सर्वोत्कृष्ट एल्बम, उसले जति माया…बाट वर्षको उत्कृष्ट आधुनिक गीत तथा यही गीतबाट वर्षको उत्कृष्ट पुरुष गायकको एवार्ड जितेका छन् । चितवनको नारायणी कला मन्दिरमा सम्पन्न एउटा भव्य सांगीतिक समारोहमा गायक प्रमोद लगायत थुप्रै सांगीतिक श्रष्टाहरु पुरस्कृत भएका हुन् एवार्ड समारोहमा गायक प्रमोद खरेल, राजेशपायल राई, कमल खत्री, गायिका श्रुति सिंह, देविका बन्दना, मिलन अमात्य, बुनु मानन्धर राई आदिले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरि कार्यक्रमलाई संगीतमय बनाएका थिए । करिव ५ घण्टा लामो यो कार्यक्रमलाई कालिका एफएम तथा हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेका थिए । कालिका एफएमका रेडियो जक्कीहरुले सञ्चालन गरेको एवार्ड समारोहमा एफएमले १० वर्ष पुरा गरेको अवसरमा एक महिने विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विजेताहरुलाई पनि पुरस्कृत गरिएको थियो । कार्यक्रममा पुराना संगीतकर्मी शुभ बहादुर सोनामलाई लाइफ टाइम एचिभ्मेन्ट एवार्डले सम्मानित गरियो भने संगीतकार राजु सिंहलाई पनि सम्मान गरिएको थियो।
कालिका म्युजिक एवार्डमा विभिन्न् विधामा उपाधि हासिल गर्न सफल गायक गायिका लगायतको नाम र विधा विजेताहरु यसप्रकार छन् ।
सर्बोकृष्ट स्थानीय लोकदोहोरी कलाकार: मन कुमारी विक
लोक दोहारी शब्द संकलक : पुष्कल शर्मा
लोक दोहारी लय संकलक: एकनारायण भण्डारी
लोक दोहारी महिला गायिका: विष्णु माझी
लोक दोहारी पुरुष गायक: मिलन लामा
आधुनिक गीत शब्द: योगेन्द्रमणि दहाल
आधुनिक गीत संगित: राजकुमार बगर
महिला आधुनिक गायिका: सुनिता दुलाल
आधुनिक पुरुष गायक: प्रमोद खरेल
चलचीत्र शब्द : भुपेन्द्र खड्का
चलचीत्र संगित: अर्जुन पोखरेल
चलचीत्र महिला गायन: माण्डवि त्रिपाठि
चलचीत्र पुरुष गायन: राजेशपायल राई

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.