गाइ पालक बिपिन, ‘गोपी’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ : बिपिन कार्की स्टारर चलचित्र गोपीको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाण्डौमा एक कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रमा विपिन कार्की, सुरक्षा पन्त र वर्षा राउत मुख्य भूमिका रहेको छ। ट्रेलरमा मौलिक र पेचिला संबादलाई समेटिएको छ । देशमै केही गर्छु भन्ने अभिलाषा बोकेका गाईपालक विपिनलाई घर परिवार र समाजबाट गरिएको अपेक्षा र गाई पाल्ने क्रममा आइपर्ने विभिन्न बाधा ब्यवधानको वरिपरी चलचित्रको कथा घुमेको छ ।

विपिन,सुरक्षा र बर्षाका अलावा चलचित्रमा अंकीत खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ति सिमली, हिउँवाला गौतम, सरोज अर्याल, इन्द्रजित चौलागाईं, केशव राई, कमल मणि नेपाल, अपूर्व गौतम, गणेश मुनाल राम बाबु गौतम लगायतको अभिनय रहेको छ ।

आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् भने पटकथा सामिप्यराज तिमल्सेनाको रहेको छ । आरोही केसीको निर्माण रहेको चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । चलचित्रमा शैलेन्द्र डि कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रमा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले संगीत भरेका छन् । चलचित्र माघ १८ गते बाट प्रदर्शनमा आउँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.