कमेडी चलचित्र ‘न यता न उता’ को ट्रेलर सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ : कमेडी जनराको चलचित्र ‘न यता न उता’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु समिर दिक्षीत,मिराज रोश, ऋचा हर्मा, छुल्ठिम गुरुङ, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, जयनन्द लामा, नम्रता सापकोटा, सिल्सा जिरेल, कमलमणी नेपाल, जीवन भट्टराई, भिमा मैनाली लगायतका कलाकारलाई स्थान दिइएको छ ।

त्रन्त्रालय फिल्मस् र हाइलाइट नेपालको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रलाई मिराज रोश र विशारद बस्नेतले मिलेर निर्देशन गरेका हुन् । चलचित्रमा दुई अधबैंसे पुरुषको जीवनमा आइपर्ने विभिन्न घटनाक्रमलाई हाँस्यरसमा प्रस्तुत गरिएको छ । ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको चलचित्रमा अमित अर्याल, बिन कन्थ मकाजु, बिजय अवाले, बिनिता अधिकारी, डाक्टर निराजन शर्मा र रगुन महर्जनको लगानी रहेको छ ।

चलचित्रमा निर्देशक मिराज रोशको कथा तथा पटकथा, अभिमन्यु निरवीको संवाद, विक्रम स्वार र शिशिर खातीको कोरियोग्राफी, मिलन जलान, राजन इशान र सरोज विक्रम थापाको संगीत, अरोन अशोक कुमारको छायाँकन, बिपिन मल्लको सम्पादन रहेको छ । चलचित्र माघ २५ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.