प्रदिप र जसिताको ‘लभ स्टेशन’ चैत १ गते सार्बजनिक हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ : प्रदिप खड्का र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ चैत १ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । पारिवारिक प्रेम कथामा आधारित चलचित्रलाइ उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । ‘लभ स्टेशन’ मा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय रहेको छ ।

चलचित्रका प्रस्तुतकर्ता एवम् वितरक गोबिन्द शाहीले बुधबार लभ स्टेशनको प्रदर्शन मिति घोषणा गर्दै यसलाई १ चैतमा रिलिज गर्नुको कारणबारे भने,‘मैले वितरण गरेको चलचित्र क्याप्टेन १७ फागुनमा, साईंली १५ चैतमा र ए मेरो हजुर ३ को रिलिज २९ चैतमा गरिने भएपछि यी चलचित्रको प्रदर्शन व्यबस्थित गर्न पनि लभ स्टेशनलाई १ चैतमा रिलिज गर्ने निर्णय गरिएको हो ।’

हाल अष्ट्रेलियामा रहेका अभिनेता प्रदीप खड्काले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा ‘लभ स्टेशन’ मा आफ्नो काम केही पृथक रहेको बताएका छन् । हाल सम्पादनको अन्तिम चरणमा रहेको लभ स्टेशनको अर्को साताबाट स्वराँकन सुरु हुने पनि प्रस्तुतकर्ता शाहीले बताए । चलचित्रको एक गीतको छायांकन गर्न बाँकि रहेको छ । ‘लभ स्टेशन’ लाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यस चलचित्रमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.