‘कागजपत्र’ अफिसियल पोस्टर सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘कागजपत्र’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई फिचर्ड गरिएको छ । अपिल विष्टले निर्देशन गरेको चलचित्रको पोस्टर संगै प्रदर्शन मिति पनि सार्बजनिक गरिएको छ चलचित्र चैत्र ८ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुति रहेको चलचित्र वल्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण गरिएको हो । चलचित्र सामाजिक कथा बस्तु तथा कमेडीलाइ मिलाएर निर्माण गरिएको छ ।

खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटी निर्माता रहेको ‘कागजपत्र’ मा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासिमिर डिक्शनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।