राज सोद्धै छन् मेलिसालाइ के भयो र भन्दै…(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : कुनै कारण बिना नै तपाइँकी प्रेमिका रिसाउँदा र त्यो कारण पनि नबताउँदा कस्तो हुन्छ होला ? कोहीलाई नशामा डुब्न मन पर्ला, कसैलाई अब कसैलाई माया नै गर्दिन भन्ने लाग्ला त कसैलाई उसको अगाडि अर्की प्रमिका खडा गराईदिउँ जस्तो पनि होला । नेपालको आधुनिक संगीतमा यही भावको नयाँ गीत ‘के भयो र तिमीलाई’ सार्वजनिक गरिएको छ । डि प्रोडक्सनले तयार पारेको गीत र म्युजिक भिडियो पूर्व संचारकर्मी देवेन्द्र क्षेत्रीले सार्बजनिक गरेका हुन् । गीतमा स्वर राज सिग्देलले भरेका छन भने संगीत अर्जुन पोखरेलको रहेको छ ।

क्षेत्रीकै शब्द रचना रहेको गीतको म्यूजिक भिडियोमा मेलिसा खतिवडा, पुरुषोत्तम भट्टराई, सुदीप पौडेल र रुबीना तामाङको अभिनय रहेको छ । सरोज अधिकारीको छायांकन र निर्देशन रहेको भिडियोको सम्पादन भिम विश्वकर्माले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.