साम्राज्ञी र पुष्पको जोडी कति सुहाउला ?


सेलिब्रेटी नेपाल


काठमाडौँ : चलचित्र ‘मारुनी’ को अफिसियल घोषणा गरिएको छ मंगलबार राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच चलचित्रको घोषणा भएको हो । पुनम गौतमले निर्माण गर्ने दोस्रो चलचित्र ‘मारुनी’को निर्माण घोषणा कार्यक्रममा नेपालमै पहिलो पटक निर्माता, निर्देशक, कलाकारहरुलाई र्याम्पमा उतारेर फरक तरिकाले चलचित्रको ‘कास्ट एण्ड क्रियु’ सार्वजनिक गरिएको थियो ।

नवल नेपालले निर्देशन गर्ने चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेबिका गुरुङको मुख्य भुमिका रहने छ । उनीहरुका अलावा चलचित्रमा सुनिशा श्रेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइ लगायतका कलाकारको पनि अभिनय रहने छ ।

दुई सुन्दर युवतीको कथा चलचित्रले बोल्ने छ चलचित्रको छायाँकन माघको दोस्रो साताबाट सुरु पनि कार्यक्रममा जानकारी दिइयो । चलचित्रको नाम ‘मारुनी’ राखिएता पनि यो टाइटलले नाचसँग कुनैपनि सरोकार नराख्ने निर्देशक नवलको भनाई छ ।
‘मारुनी’मा नवल नेपालको कथा, गोबिन्द फुँयाल र नवल नेपालको पटकथा तथा संवाद, अर्जुन पोखरेल र कृष्णराज काफ्लेको संगीत, सञ्जय लामाको छायाँकन रहने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.