सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘चौका दाउ’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । कमेडी जनराको चलचित्रको सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार सन्तोष पन्त, तैयव शाह, विल्सन बिक्रम राई, रविन्द्र झा, वर्षा राउत लाइ स्थान दिइएको छ । सौर्यजित प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई पुर्णेन्दु झाले निर्देशन गरेका हुन् । सौर्यजित बास्कोटा र मनोजराज भण्डारीले सयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘चौका दाउ’ मा निर्मल शर्मा, अजस्र ढुगांना, सोनिका केसी, डाक्टर बिकाशा नन्द लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ ।
चलचित्रमा बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाको कथा तथा संगीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, छायाँकन दीर्घ गुरुङ, सम्पादन मित्र डि गुरुङको रहेको छ । चलचित्र पौष २७ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ ।