दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’ को पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल
काठमाडौँ : दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले चलचित्रको पोस्टर तथा कास्ट एण्ड क्रू सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चालाई स्थान दिइएको छ ।

बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण गरिएको हो । रुदेन सादा लेप्चाको लगानी रहेको चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र आगामी बर्षको जेठ २४ गते बाट प्रदर्शनमा आउनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.