‘किम्फ’को सोहौँ संस्करण मङ्सिर २१ बाट


सेलिब्रेटी नेपाल

काठमाडौँ : मसिंर २१ गतेबाट काठमाडौँ इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिभल ‘किम्फ’को सोहौँ संस्करण सुरु हुने भएको छ । राष्ट्रिय सभा गृह तथा नेपाल पर्यटन बोर्डमा आयोजना हुने किम्फ पांच दिन सम्म चल्नेछ । फिल्म फेस्टिभलमा नेपाल लगायत ३१ देशका ७० भन्दा बढी फिल्म देखाइनेछ । अन्य बर्ष झैँ यस बर्ष पनि किम्फमा वृत्तचित्र, कथानक फिल्म, लघु फिल्म, प्रयोगवादी र एनिमेसन फिल्महरू देखाइने छन् ।

काठमाडौं महानगरपालिका सह आयोजक रहेको किम्फ २०१८ को ट्यागलाइन ‘वुमन मुभ माउन्टेन्स’ भन्ने रहेको छ । जसको उद्देश्य समाजमा महिलाको भूमिका र सहभागिता फिल्मको माध्यमद्वारा अगाडि ल्याउनु हो ।महोत्सवमा देखाइने फिल्म तथा कार्यक्रमहरुले दर्शकलाई मनोरञ्जन दिनुका साथै आम नेपाली जनतालाई प्रभाव पारिरहेको विषयवस्तुहरु माथि पनि चर्चा परिचर्चा हुने किम्फका अध्यक्ष बसन्त थापाले बताउछन् ।

किम्फको उद्घाटन अष्टेलियाली निर्देशक जेनिफर पिडमको डकुमेन्ट्री ‘माउन्टेन’ को विशेष प्रर्दशनीबाट सुरु हुनेछ । यस वर्षको निर्णायक मण्डलमा केन्डल माउन्टेन फिल्म फेस्टिभलका कला निर्देशक क्लेर जेन कार्टर, अस्ट्रेलियन फिल्ममेकर जोलियन हफ तथा नेपालका छिरिङ रितार शेर्पा रहेका छन् । जुरीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा परेका १४ फिल्महरु मध्येबाट उत्कष्ट ३ फिल्म र नेपाल पानोरमा अन्तर्गत परेका २० वटा फिल्महरुबाट उत्कृष्ट बृत्तचित्र र कथानक चलचित्रको छनौट गर्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.