युएइका मुख्य दुइ शहरमा मंगोलियन हर्टको भब्य कन्सर्ट हुँदै


सेलिब्रेटी नेपाल

काठमाडौँ : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लोकप्रिय एबम स्थापित नेपालका चार्चित सांगीतिक समुह ‘मंगोलियन हर्ट’ले स्थापनाको २५ वर्ष पूरा भएको रजत महोत्सव (सिल्बर जुब्ली) को अबसरमा सयुक्त अरब इमीरेट्समा पनि दुइ वटा सांगीतिक कार्यक्रम गर्ने भएको छ । यहि मङ्सिर २० र २१ अर्थात डिसेम्बर ६ र ७ मा यु ए इका दुइ शहर अबुधाबी र बर दुबईमा हुने मंगोलियन हर्टको भब्य सांगीतिक कार्यक्रमको आयोजना दुबई नेपाली रक्सले गरेको हो ।अबुधाबीमा डिसेम्बर ६ तारिखमा ली मेरिडियन होटेल र डिसेम्बर ७ तारिखमा बर दुबईको अस्टोरिया होटेलस्थित क्लब एभरेस्टमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजक नेपाली रक्सका यमन गुरुङले जानकारी दिए।

मंगोलियन हर्टका म्यानेजर एबम गीतारिस्ट बबी लामाका अनुसार ब्याण्डको सांगीतिक यात्रा २५ बर्ष पुगेकोमा २५ ठाउँमा सांगीतिक कन्सर्ट गर्ने लक्ष्य अनुरुप अहिले सम्म ८ वटा ठाउँमा गरिसकेको र युएइको २ वटा कार्यक्रम पछि बाँकी १५ ठाउँको गर्ने तयारी लगभग सकिन लागेको छ । म्यानेजर लामाका अनुसार ब्याण्डले गर्नु पर्ने तयारी पुरा गरिसकेको र यु ए इमा पहिलो पल्ट हुन लागेको हुनाले पनि ज्यादै उत्साहित भएको साथै नयाँ र पुरानो गीतले दर्शकलाई मज्जाले नचाउने पनि जानकारी दिए ।

कार्यक्रमका लागि गायक राजु लामा अमेरिकाबाट आइसकेका छन । नेपाली सांगीतिक समूहहरु लामो समय सम्म टिक्न नसक्ने भन्ने भनाइलाई असत्य साबित गर्दै ब्याण्डले भब्य कार्यक्रमहरु गर्दै ‘सिल्भर जुब्ली’का कार्यक्रमहरु गर्दै आइरहेको छ । ७ वटा एल्बमका ५ दर्जन गीतहरु बजारमा आइसकेका नेपाली मेलोडी पप र सेलो गीतहरु गाउन सिपालु मंगोलियन हर्टका ‘हल्ला चलेछ’, ‘उँभो उँभो खासा’, ‘तिमीलाई देखेर’, ‘बादल पारिको देशबाट’, ‘सायद तिम्रो बाटोमा’, ‘मेरो नेपाल’,‘ओई नाना, ‘नतानुँ त तानुँ लाग्ने’, ‘गाजलु टीका’ लगायत गीत चर्चित छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.