बसन्तको डेब्यु चलचित्र ‘जानी नजानी’ को फस्टलुक पोष्टर सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ : बसन्त अधिकारीको डेब्यु निर्देशन रहेको ’जानी नजानी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निरन्तर १८ बर्ष देखि नेपाली चलचित्रमा काम गर्दै आएका अधिकारीले थुप्रै सफल चलचित्रमा मुख्य सहायक निर्देशकको जिम्मेवारी सम्हाली सकेका छन् सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकारहरु मनिष सुन्दर श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन् । पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी निरिशा बस्नेतले ‘जानी नजानी’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछिन ।

चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित चलचित्रको कथा , पटकथा तथा संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् ।

चलचित्रमा छायाँकन संजय लामाको रहेकोछ अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । चलचित्रमा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । चलचित्रमा मोदनाथ खनाल र सागर काजी मालीको लगानी रहेको छ । चलचित्र चैत्र १ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.