‘समर लभ’ रोमान्टिक गीत साया सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘समर लभ’को पहिलो गीत सार्बजनिक गरिएको छ प्रदर्शन मिति नजिकिंदै गर्दा निर्माण टिमले प्रचार प्रसार तिब्र बनाउने उदेश्यका साथ गीत सार्बजनिक गरेको हो सार्वजनिक ‘साया’ बोलको गीतमा चलचित्रको मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्री फिचर्ड छन्।

मुस्कान ढकाल निर्देशित ‘समर लभ’ सुबिन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित छ यो सार्वजनिक रोमान्टिक गीतमा विदेशका विभिन्न शहरका मनोरम दृश्यहरु देख्न सकिन्छ। गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। गीतमा स्वर पुष्पन प्रधानको सुन्न सकिन्छ भने उनलाई फिमेल भर्सनमा साथ बानिका प्रधानले दिएकी छिन्। शब्द, संगीत पनि पुष्पनको नै रहेको छ।

‘समर लभ’ प्रेमदिवस (भ्यालेन्टाइन डे) को अबसर पारेर आगामी माघ २५ बाट प्रदर्शनमा आउँदैछ। चलचित्रमा आशिष र रेवतीसँगै सुरज सिंह ठकुरी, सरोज खनाल, ओमप्रतिक, नम्रता सापकोटा, शिशिर भण्डारी मुख्य भूमिकामा रहेका छन्।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने चलचित्रको संवादमा सामिप्यले सुबिनसँग सहकार्य गरेका छन्। नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने विनोद अधिकारी कार्यकारी निर्माता छन्। अर्जुन जिसीले सम्पादन गरेको ‘समर लभ’मा स्वपन सरकार र मनोज बिक सहनिर्माता र एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.