‘डोली’ को स्याड भर्सन दुरी टाढा सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : निर्देशक राजबहादुर सानेको लेखन र निर्देशनमा बनेको चलचित्र ‘डोली’ को ‘दुरी टाढा भएर’ पो बोलको गीत सार्वजनीक गरिएको छ । सार्बजनिक गीतमा राज सरगमको स्वर रहेको छ भने शब्द पनि उनकै रहेको छ । सार्बजनिक गीतमा संगीत बाबुल गिरीले दिएका छन् ।

मंसिर २८ गते प्रदर्शन हुने फिल्मको सो गीतमा चलचित्रमा सबै प्रमुख कलाकारको अभिनय समेटिएको छ । किरण नेपालीको प्रस्तुति ‘डोली’ मा पृथ्वीराज प्रसाईं, किशोर खतिवडा, सानीया खान, संगीता नापीत,अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल, हिउंवाला गौतम,सतिश खत्रीलगायतका कलाकारले अभिनय गरेका छन् । जयराम थापाले खिचेको चलचित्रका गीतमा सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत र श्रीकृष्ण परियारको कोरियोग्राफी रहेको छ ।