लोक नाटक ‘लिलामे माइलो’ मञ्चन सुरु


सेलिब्रेटी नेपाल

काठमाडौँ : लोक नाटक ‘लिलामे माईलो’ मंसिर १४ गते बाट मञ्चन सुरु भएको छ । नयाँ बानेश्वर थापागाउँमा रहेको कुञ्ज थिएटरमा नाटक पुस ७ गते सम्म लाग्ने छ । नाटक हरेक दिन ४ः३० बजे र शनिबार र सार्वजनिक बिदाको दिन दिउँसो १ बजे पनि लाग्नेछ । कुञ्ज नाटक घरको प्रस्तुति तथा राजाराम गौतमको निर्माणमा बनेकोनाटकको कथा निर्देशक प्रभाकर न्यौपाने हुन् भने नाट्य रुपान्तरण राज थापा काउचा रहेका छन् ।

सलमान गुरुङ, निशा पाख्रिन, राजन भुजेल, पुष्पराज अवस्थी, विजय नेपाल, विरेन्द्र खाति, अलविना न्यौपाने, मनोज थापामगर, संजिव राई, नमस्ते दिवाकर घिमिरे, विपना थापा, विरेन्द्र खाती, शिला राना मगर, सचिन मल्ल, संगीता थापा, सुनिल तामाङ, ललित मगर, चक्र विष्ट, पारुहागं राई लगाएतका कलाकारको अभिनय रहेको छ भने प्रचार परिकल्पना लुक्स नेपाल इभेन्टस एण्ड मिडिया प्रा.लिको रहको छ । संगित परिचालन प्रकास घिमिरे, राजिव श्रेष्ठ, प्रवीन लाखाजु, फोटोग्राफि डकुमेन्टेसन ः युसव गौतम, भेषभुषाः दिपिका थापा, प्रकाश परिकल्पना तथा परिचालन रामबाबु रेग्मी, जीवन बराल, मञ्च परिकल्पना झकेन्द्र बि.सी, सेट निर्मल साउद, प्रप्स निर्माण सन्जिव राई, पोष्टर प्रकेश सिन्धुलीया, मञ्च व्यवस्थापनः पुष्पराज अवस्थी, पब्लिक रिलेसन अफिसर पदम घिमिरे, डिजिटल मार्केटिङ फोर क्युव ईन्टरटेनमेन्ट प्रा.ली को रहेको छ ।

नाटक मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँ पन दिनको लागि नाटकको कलाकार सहितको टोली १ हप्ता सम्म मोरङ जिल्लाको लेटाङ स्थीत राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र निर्माणको लागि फिल्ड भिजीट समेत गरेको थियो । नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरि तयारी गरिएको निर्माता राजाराम गौतमले जानकारी दिनुभयो । नेपाल पश्चात नाटक भारतको सिक्किम, दार्जलिङ, सिलगुडि, असाम, थाईल्याण्ड, म्यानमार, बंगलादेशमा समेत प्रर्दशनको तयारी गरिएको उहाँले बताउनुभयो । नाटक मौलिक र सामाजिक परिवेषलाई आधार बनाइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.